साउन ७, काठमाडौं | शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नु पर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन ।

पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएका थिए।

बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए। एमाले सचिव योगेश भट्टरार्इले भने संविधान संशोधनतर्फ लाग्नु भनेको जोखिमको यात्रा सुरु गर्नु भएको बताएका छन्।

बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता गुम्न सक्ने तर्फ सचेत गराएका थिए।

नयाँ सरकार गठनका लागि संविधान संशोधनमा अस्पष्टता रहेको भन्दै एमाले सचिव प्रदिप ज्ञवालीले यो एमालेको नभई नयाँ सरकार बनाउनेहरुको चासोको विषय हुनु पर्ने बताए। – नागरिक दैनिक