८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार नै हिंसाप्रेरित देखिएको भन्दै,पर्यवेक्षण गर्न मानव अधिकार आयोगलाई राजावादीको आग्रह

१० जेष्ठ २०८२, शुक्रबार १८:०२

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि हुने आन्दोलनमा पर्यवेक्षण गर्न मानव अधिकार आयोगलाई आग्रह गरेको छ।

समिति संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर जेठ १५ गते सुरू हुने ‘जनआन्दोलन’को स्वतन्त्र र सुक्ष्म ढंगले पर्यवेक्षण गर्न ध्यानाकर्षण गराएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत शक्ति प्रतिबद्ध रहेको उनीहरूले बताएका थिए।

राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्त भएका अभिव्यक्तिहरू नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न उनीहरूले आग्रह गरेका थिए।

आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने उनीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र