कात्तिक २३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् | ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् |
ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै भनेका छन्,‘ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ | दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’
शनिबार डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको ४६ औ राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन | बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् |