मंसिर २२, काठमाडौँ | काठमाडौंको कोटेश्वरस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् | पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई कोटेश्वर बसिरहेका १९ वर्षीय अनिल तामाङ रहेका छन् |
मुनीभैरब-कोटेश्वरको बीचमा रहेको सो बैंकको एटिएम फुटाउँदै गर्दा तामाङलाई आइतबार राति ११ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ |तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ |
उनले एटिएमको बाहिरी कभर फुटाइसकेको प्रहरीले जनाएको छ |