२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा माटो पनि बिक्री हुन्छ, दैनिक दुई हजारसम्म कमाइ

२०७८, २३ आश्विन शनिबार ०६:४१

असोज २३, काठमाडौँ। दसैंको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो। साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै।

नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे। मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई माटो बेचे। बागलुङ बजार कटेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ। बर्सेनि दसैँमा त्यस आसपासका महिला रातो माटो बेच्न तम्सिन्छन्। लोकमार्ग किनारमा खसेका पहिरा र ढिस्काबाट रातो माटो झिक्छन्।

घरकै कान्छोबुबाको जग्गाबाट खसेको पहिराबाट माटो झिकेर बेचेको पूजा विश्वकर्माले सुनाइन्। “पहिराको माटो मात्र बेच्न पाइन्छ, अन्त खन्न मिल्दैन”, उनले भनिन्। उनीसहित तीन महिलाले विगत छ दिनदेखि रातो माटो बेच्दै आएका छन्। चामलको थैला बराबरको माटो रु २०० मा बेच्ने गरिएको विश्वकर्माले बताइन्। कसैलाई घटाएर पनि बेच्नुपरेको उनको भनाइ छ। एक जनाको कमाइ दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म निक्लने गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा