११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यादी प्रहरीका लागि दार्चुलामा तीन गुना आवेदन

१३ चैत्र २०७८, आईतवार ०७:१९

चैत १३, दार्चुला । स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा सिट संख्या भन्दा झण्डै तेब्बरले आवेदन दिएका छन् ।  ६ देखि ११ चैतसम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

दार्चुला जिल्लामा सात सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बर जनाले दरखास्त दिएका छन् । कोरोना महामारीपछि आधिकांश बेरोजगार युवा घरमै रहेको तथा उमेर हद अन्य सरकारी विज्ञापनमा भन्दा फराकिलो भएकाले दरखास्त बढी आएको हुन सक्ने अनुमान छ ।

दरखास्त दिएकाहरुका लागि आइतबार सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरुले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा रहेकाहरुले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु आवश्यक छैन, नजिकको प्रहरी चौकी वा प्रहरीको १०० नम्बरमा फोन गरेर पनि सम्पर्क गर्न सकिन्छ, उहाँले भन्नुभयो । दरखास्त दिएकाहरुको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा