2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यादी प्रहरीका लागि दार्चुलामा तीन गुना आवेदन

चैत १३, दार्चुला । स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा सिट संख्या भन्दा झण्डै तेब्बरले आवेदन दिएका छन् ।  ६ देखि ११ चैतसम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

दार्चुला जिल्लामा सात सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बर जनाले दरखास्त दिएका छन् । कोरोना महामारीपछि आधिकांश बेरोजगार युवा घरमै रहेको तथा उमेर हद अन्य सरकारी विज्ञापनमा भन्दा फराकिलो भएकाले दरखास्त बढी आएको हुन सक्ने अनुमान छ ।

दरखास्त दिएकाहरुका लागि आइतबार सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरुले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा रहेकाहरुले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु आवश्यक छैन, नजिकको प्रहरी चौकी वा प्रहरीको १०० नम्बरमा फोन गरेर पनि सम्पर्क गर्न सकिन्छ, उहाँले भन्नुभयो । दरखास्त दिएकाहरुको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक