२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपासँग एकताका लागि छलफल भइरहेको छ: जगन्नाथ खतिवडा

२०७९, १८ पुष सोमबार १२:०६

पुस १८, काठमाडौँ | नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरू छलफलमा रहेको पत्रकारहरूलाई बताए।


एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक चलिरहेको छ। केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले जसपासँग छलफल भइरहेको बताए।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्।

एकीकृत समाजवादीले अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा पार्टीका भावी रणनीतिबारे पोलिटब्यूरो बैठकमा छलफल गरिरहेको छ। शनिबार र आइतबार उक्त पार्टीको स्थायी कमिटी बैठक पनि बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी