१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपासँग एकताका लागि छलफल भइरहेको छ: जगन्नाथ खतिवडा

१८ पुष २०७९, सोमबार १२:०६

पुस १८, काठमाडौँ | नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरू छलफलमा रहेको पत्रकारहरूलाई बताए।


एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक चलिरहेको छ। केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले जसपासँग छलफल भइरहेको बताए।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्।

एकीकृत समाजवादीले अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा पार्टीका भावी रणनीतिबारे पोलिटब्यूरो बैठकमा छलफल गरिरहेको छ। शनिबार र आइतबार उक्त पार्टीको स्थायी कमिटी बैठक पनि बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह