११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित

३ माघ २०७९, मंगलवार ०९:२०

माघ ३, पोखरा | सभामुखको निर्वाचन पुस ५ गतेका लागि तोकिएको छ। उक्त निर्वाचनको लागि मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्मका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

भोलि दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र पुस ५ गते ११ बजे बैठक सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक सुरु भएको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो बैठक पुस २५ गते बसेको थियो।


घिमिरे सभामुख बन्ने निश्चित

एमालेबाट सभामुखका लागि थुप्रै नेताहरुले आकांक्षा जनाएका छन्। उनीहरुमध्ये झापा-२ बाट प्रतिनिधि सभामा एमालेका तर्फबाट निर्वाचित भएका नेता देवराज घिमिरे सभामुख हुने करिब निश्चित भएको एमालेका नेताहरुले बताएका छन्। एमालेका एक नेताका अनुसार उनलाई उम्मेदवारी दर्ताका लागि तयार रहन भनिएको छ।

तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५६ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।

घिमिरेलाई एमालेले उम्मेदवार बनाउनासाथ उनी निर्वाचित हुने पनि निश्चित छ। किनभने १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री भएका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। विश्वासको मत लिँदा उनको पक्षमा २६८ जनाको मत थियो। कांग्रेसले सभामुखमा घिमिरेलाई मत नदिए पनि गठबन्धनबाट सरकारमा रहेकै दलहरुकै मतले पनि एमालेको उम्मेदवारी सभामुख चुनिने छन्।

एमालेबाट यी नेता पनि आकांक्षी

सभामुखका लागि एमालेबाट पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई र छविलाल विश्वकर्माले पनि आकांक्षा देखाएका थिए। सभामुखका लागि नेता रघुजी पन्तको नाम पनि चर्चामा आएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह