एक सातामा ३० करोडको कारोबार

Posted on: 08 Oct, 2016

महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा दिएको नेपाल बैंकले एक सातामा ६ सयको हाराहारीमा चेक सटही भएको जनाएको छ ।
    सेवाग्राहीलाई दशैको बेलामा सुविधा दिनको लागि अतिरिक्त समय थप गरी विहान ७।३० बाट सेवा प्रवाह गरेको बैंकले ६० देखि ७० लाखको हाराहारीमा १ सयको नयाँ नोट सटही गरेको बैंकका शाखा प्रबन्धक यज्ञमुत्र्ति बस्यालले बताए ।
     जिल्लामा नोट बैंक नभएका कारण र राष्ट्र बैकले नयाँ नोट नपठाएका कारण सर्वसाधारणलाई १ सय भन्दा तलको सनो नोट दिन नसकेको उनले बताए । बैकले सटिक नोटमा २० को  ८ बण्डल अर्थात ८ लाख र १० को १० लाखको पुरानो नोट वितरण गरेको उनको तर्क छ ।
    सटिक नोटको लागि बाग्लुङ र म्याग्दीमा समेत सम्पर्क गरेको छ तर उपलब्ध हुन नसकेको उनले जनाए ।  माथिबाटै ५, १०, २० र ५० को नयाँ नोट नआएका कारण सर्वसाधरणलाई उपलब्ध गराउन नसकिएको तर १ सयको नयाँ नोट भने उपलब्ध गराएको बैकले जनाएको छ ।
    त्यस्तै प्रभु बैकले दशैमा ७ करोडको कारोबार गरेको जनाएको छ । भर्खर जिल्लामा शाखा खोलेको बैकले हप्तादिनमा ७ करोडको कारोबार गरेको बताएको छ । सेवाग्राहीलाई सटिक फ्रेस नोट उपलब्ध गराउन सफल भएको बैकको दाबी छ ।
    बैंकले १ सयको ७ हजार ३० वटा, ५० को १ हजार ३०, २० को १ हजार २० र ५ को १ हजार ३ सय वटा फ्रेस नोट सेवाग्राहीलाई वितरण     गरेको बैकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जनाकारी    दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!