शुभलक्ष्मी सहकारीको अक्ष्यक्षमा श्रेष्ठ चयन

Posted on: 08 Oct, 2016

असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको संचालक समितिको उपाध्यक्षमा बसन्तकुमार जोशी, सचिवमा कमलनाथ शर्मा, कोषाध्यक्ष बशन्तकुमार कर्माचार्य रहेका  छन् । त्यस्तै सदस्हरुमा ईश्वर  गिरी, हिमबहादुर पौडेल, युवराज जोशी, निर्मल विश्वकर्मा, केदरनाथ शर्मा, शिवप्रसाद सुवेदी, राजेश कुमार श्रेष्ठ चयन भएका छन्  ।
    सोही भेलाले  कमलनाथ पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसमा शिव शर्मा पौडेल र मुक्तिराम शर्मा रहेका छन् । त्यस्तै ऋण उपसमितिको संयोजक बाबुराम जोशी रहेका छन् भने सदस्यहरुमा रामचन्द्र्र जोशी र दिपुवाबु गिरी रहेका छन् । शिक्षा उपसमितिको संयोजकमा लेखनाथ उपाध्याय चयन भएका छन् भने सदस्यहरुमा शान्तिनारायण श्रेष्ठ र बाबुराम पौडेलल रहेका छन् ।
     सांसद अर्जुनप्रसाद जोशीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै जोशीले     सहकारी बचत तथा ऋणमा मात्रै लगानी नगरे उत्पादनमुखी तथा पर्यटन क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।
    उनले सहकारीलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा समेत सहकारी संचालकहरुले ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा बरिष्ठ सल्लाहकार काशीकुमार जोशी, कानूनी सल्लाहकार भोलानाथ शर्मा, संचालक समिति सदस्य इश्वर गिरी तथा लेखनाथ उपाध्याय, संस्थापक शेयर सदस्य शिव शर्मा पौडेल, कार्यक्रम संयोजक शिवप्रसाद सुवेदी र व्यवस्थापक विजय पौडेलले आफ्नो विचार व्यक्त गरेका थिए ।
    विषमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रमको संचालन सचिव कमलनाथ शर्माले गरेका थिए । उक्त कार्यक्रममा धन्यबाद मन्तव्य बशन्तकुमार जोशीले गरेका थिए । भने कोषाध्यक्षको प्रतिबेदन बशन्तकुमार कर्माचार्य र सचिवको प्रतिबेदन कमलनाथ शर्मा र लेखा समिति प्रतिबेदन कमलनाथ पोख्रेलले प्रस्तुत गरेका थिए भने सर्वसहमत रुपमा उक्त प्रतिबेदनहरु  साधारणसभाबाट पारित भएका    थिए ।
    वि.स २०६४ सालमा स्थापनाद भई पाँच लाखबाट कारोबार शुरु गरेको सहकारीले अहिले एक करोडको आपपासमा लगानी गरेको छ भने शेयर पुर्जी १ करोड पाँच लाख रहेको सहकारीले जनाएको छ । सहकारीका ९६ शेयर सदस्य ९ सय १२ बचतकर्ता रहेका छन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विभिन्न समाजिक कार्यहरुमा समेत सक्रिय रुपमा लागेको छ । जसअनुसार गत बर्ष गुप्तेश्वर वेदबेदाङ्ग पाठाशालामा अध्यनरत बटुकहरुलाई  शुद्धपानी पिलाउन १५ हजार बराबरको   युरोगार्ड हस्तारण गरेको थियो भने सुरक्षित घर निर्माणको लागि २० हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!