डिमुवा सहकारीको पहिलो साधारणसभा सम्पन्न

Posted on: 24 Oct, 2016

कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुबेदीले गरीब तथा न्यून आय भएका जनताको आय स्तर बृद्धि गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गरे ।
     कार्यक्रममा नब जागृत माबिका अध्यक्ष तीर्थ बहादुर लामिछाने, पन्चासे सिद्ध बाबा बोर्डिंङ स्कुलका अध्यक्ष रत्न लम्साल, डिमुवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ओम बहादुर घर्ति क्षेत्री, धनेश्वरी कृषि सहकारी कुश्माका अध्यक्ष  नबराज गिरी  , समाजसेवी नन्द लाल    भन्डारी,रुद्र प्रसाद शर्मा, कालिका केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । सोही अबसरमा तीन जना उत्कृष्ट बचतकर्ता र तीन जना असल ऋणी हरुलाई सम्मान  गरिएको थियो ।
    एकानब्बे  जना शेयर सदस्य भएको सहकारीको शेयर पूँजी पैतीस लाख चौहत्तर हजार रहेको छ  भने एक बर्षको अबधिमा   करीब सत्तरी लाख ऋण लगानी भएको साधारण सभामा जानकारी दिइएको थियो । सहकारीका अध्यक्ष रुद्र प्रसाद पौडेल को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिब  कमलराज रिमाल र सञ्चालन कोषाध्यक्ष रामचन्द्र सुबेदीले गरेका थिए  ।
यसैविच यता जिल्लाको लिमिठाना गाविसमा तीन दिने सहकारी सचेतना तथा वित्तीय  साक्षरता तालिम शुरु भएको छ ।
    सहकारी डिभिजन कार्यालय बाग्लुङको आयोजनामा उक्त तालिम शुरु भएको हो । तालिममा सहकारी संचालकका सहकारी व्यवस्थापन र लेखा सम्बन्धी जानकारी दिने सहकारी  निरिक्षक  होमनाथ शर्मा ढकालले जानकारी दिए ।  उक्त तालिममा  पाङराङ, लिमिठाना र कुर्घाका गरी ६ वटा सहकारी संस्थाका झण्डै २८ जना सहभागी रहेका छन् । कुर्घा चिसापानी  बहुउद्देश्यीय सहकारीको संयोजन संचालन भएको उक्त कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!