गुल्मी पेंगाको क्लवद्धारा आार्थिक संकलन अभियान

Posted on: 29 Oct, 2016

प्रेम सुनार | कात्तिक १३, गुल्मी | न्यु योङ्गस्टार युवा क्लव बडागाउँ–५ पेंगा गुल्मीले विभिन्न विकास निर्माण कार्य सम्पन्न गर्न आर्थिक  संकलन अभियान तिव्र पारेको छ । उसले खेल मैदान बनाउन, मञ्च र चौपारी निमार्ण गर्न,  क्लवलाई आवस्यक सामग्री खरिद गर्न र गाउँमा सरसफाई कार्यक्रम गर्न आर्थिक संकलन अभियान तिव्र पारेको हो ।

क्लवका अध्यक्ष अशोक सोमैले दिएको जानकारी अनुसार देउसी भैलो कार्यक्रम मार्फत पनि आर्थिक  संकलन गरिने भएको छ । क्लवले त्यहाँका समाज सेवी सुवेदार मेजर शंकर रायमाझीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन गठन गरेको छ । 

अर्का समाज सेवी कर्णबहादुर पाण्डेको संयोजकत्वमा सल्लाहकार समिति र श्यामबहादुर थापा र तुल्सी रायमाझीको संयोजकत्वमा लेखा समिति बनाएर रकम संकलन अभियान जारी गरेको एक हप्तामै एक लाख भन्दा बढि रकम संकलन भएको अध्यक्ष सोमैले जानकारी दिए । 

उनले दिएको विवरण अनुसार पेंगा तुल्सीबहादुर रायमाझीले १५ हजार सहयोग गरेका छन् । त्यस्तै सुवेदार मेजर शंकर रायमाझीले १५ हजार,  सुवेदार ओमबहादुर रायमाझी, श्यामबहादुर थापा, पदमबहादुर पाण्डे , सुवेदार रामबहादुर पाण्डेले १०/१० हजार  सहयोग गरेका छन् । 

त्यस्तै प्रेमबहादुर रायमाझीले  ८ हजार सहयोग गरेका छन् । पेगाकै राजु रायमझी, गणेश रायमाझी, तेजबहादुर रायमाझीले ५ हजारका दरले सहयोग गरेका छन् । कर्णबहादुर पाण्डे र वोमबहादुर रायमाझीले २ हजारका दरले सहयोग गरेका छन् ।

लालबहादुर पाण्डे, राज बहादुर बिक, वलबहादुर जिसी, मोतीबहादुर नेपालीले १ हजारका दरले सहयोग गरेका छन् । क्लवलाई देश विदेशमा रहेका बडागाउँवासीले पनि सहयोग गरेर सामाजिक क्षेत्रमा गर्न लागिएको रचनात्मक कार्यालाई सफल पारी दिन अध्यक्ष सोमैले आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!