बैशाख २३, काठमाडौं | उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।
अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।
हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए ।
नयाँ दल जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।