१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच दिनमै अन्डाको मूल्यमा फेरबदल

२४ बैशाख २०८१, सोमबार ०५:५२

बैशाख २४, काठमाडौँ । पछिल्लो पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् । 

वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैशाख २० गते प्रतिक्रेट ३७५ रुपैयाँ कायम भएको ठुलो अन्डा ३९५ रुपैयाँ प्रतिक्रेट पुगेको नेपाल लेयर कुखुरा पालक सङ्घले जनाएको छ । यस्तै, प्रतिक्रेट ३९५ रुपैयाँमा कारोबार हुँदै आएको सबै भन्दा ठुलो साइजको अन्डा ४१० रुपैयाँ कायम भएको छ ।  


नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानलाई मूल्य प्रदान गर्नका लागि मूल्य फेरबदल गरिए पनि अझै लक्ष्यअनुसार किसानले मूल्य पाउन नसकेको बताए ।  ‘किसानबाट अन्डा खरिद गर्दा जोखेर किन्ने र खुद्रा बिक्री गर्दा गोटामा गरिन्छ’ उनले भने, ‘यसले किसानले मूल्य पाउँदैनन्, बिचौलियालाई मात्रै फाइदा हुन्छ ।’

केसीले ४० देखि ५५ ग्राम तौलको अन्डा सानो र ५५ ग्राम बढीकोलाई ठुलो अन्डा भनेर वर्गीकरण गर्ने गरिएको बताए । 

नेपाल लेयर कुखुरा पालक सङ्घका सचिव मदन पोखरेलका अनुसार किसानले लागत उठाउन नसकेकाले मूल्य थपघट गरिएको बताए ।  ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यस कारण अन्डाको मूल्य बढेको हो ।’ 

उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार गोटा उत्पादन हुने गरेकामा हाल १२ देखि १३ हजार गोटा मात्र अण्डा उत्पादन भइरहेको छ । 

नेपाल लेयर कुखुरा पालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अन्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट