“कृषि पत्रकारिता” पुरस्कारबाट तिवारी पुरस्कृत

Posted on: 05 Dec, 2016


मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिवारीलाई सम्मान गरेको हो ।
    जोनाले उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । पुरस्कृत हुनेहरुमा       तिवारी सहित अन्नपूर्ण पोष्ट       विराटनगरका कुमार लुइटेल,        कारोबार दैनिक जनपुरका         किरणकुमार कर्ण, रासस कञ्चनपुरका शेर बहादुर सिंह र संस्थागततर्फ कृषि टुडे रेडियो कार्यक्रम काठमाडौंका प्रतिनिधि पवनकुमार श्रेष्ठ रहेका छन् ।
    सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । पुरस्कृत      तिवारी नेपाल पत्रकार महासंघ पर्वतका सचिव, नेपाल प्रेस युनियन शाखा पर्वतका अध्यक्षm नागरिक दैनिकका जिल्ला संवाददाता तथा शुभसन्देश साप्ताहिकका प्रकाशकसमेत रहेका छन् । जोनाले हरेक बर्ष कृषिमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गदै        आइरहेको छ ।
    कार्यक्रममा बोल्दै मन्त्री कार्कीले देशको अर्थतन्त्र उकास्नको लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा जोड दिए । उनले नेपाल कृषि प्रदान देश भएकोले कृषि क्षेत्रमामा लगानीको लागि उत्पादन बृद्धि गर्न सकेमा परनिर्भरता कम हुने बताए । कृषि क्षेत्रको विकासको लागि पत्रकारहरुले खेलेको भुमिका र कार्य प्रशंसा योग्य रहेको समेत उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!