रुविनाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना

Posted on: 11 Dec, 2016

मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थमा आयोजित शोक सभाको अवसरमा संस्थाकी सेयर सदस्य समेत  रहेकी स्वर्गीय गैरका परिवारले     छोरीको सम्झनामा स्मृति कोषको स्थापना गरेका हुन् । 

म्याग्दीको बरंजा–४ मा विवाह गरेकी गैरेको कलिलै उमेरमा भएको निधनबाट परिवारसंगै सहकारीलाई अपुरणीय क्षती पुगेको सहकारीकी अध्यक्ष जमुना आचार्यले बताईन् । 

उक्त कोषबाट महिलाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरिने आचार्यले बताइन् । मृतकका आफन्तले समेत सहकारीमा स्थापना गरिएको तेजकु्मारी गैरे ‘रुविना’ स्मृति कोषलाई आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता जनाएका छन्् ।

कोष स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मृतक रुविनाका मामा एवम् सांसद  नवराज शर्माले वर्तमानमा  भइरहेका घटनाबाट पाठ सिकेर भविस्यमा त्यस्ता घटना हुन नदिने गरी अभियान सञ्चालन गनुर््पर्नेमा जोड दिए । 

सोही अवसरमा मृतकको सेयर रकम २० हजार, सांसद नवराज शर्मा १० हजार, सहकारी १० हजार, श्रीमान प्रकाश रेग्मी ५ र शुभचिन्तक शम्भु पाण्डे ५ हजार गरी ५० हजाको कोष स्थापना गरिएको थियो । कोषमार्फत हरेकबर्ष महिला हिंसा संगै विभिन्न जनचेतनामुलका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!