सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न

Posted on: 14 Dec, 2016

मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्शनी मेला सकिएको हो ।

पाँच दिन सम्म सञ्चालन भएको सुन्तला उस्तव एवं कृषि मेला प्रदर्शनीमा करिव दश हजार दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।  मेलामा नौलाख    बराबरको आर्थिक कारोवार गरेको मेला आयोजक समितिका कोषध्यक्ष अशोक थापाले  जानकारी दिए ।

त्यस्तै कृषि क्षेत्रमा आगमी दिनमा सिगाना अब्बल सावित हुने मेला आयोजक समितिको दावी रहेको छ ।  कार्यक्रम अवधिभरमा राष्ट्रिय कलाकार पुरुसोत्तम न्यौपाने, प्रजापती पराजुली, राजन कार्की, मञ्जु विक, चन्द्रा कार्की, सिता परियार तथा स्थानीय कलाकार दिनेश खड्काको प्रस्तुति रहेको थियो । कार्यक्रममा खुल्ला वार्ड स्तरीय भलिवल प्रतियोगितामा दुदिलाभाटि गाविस प्रथम, तित्यङ ७ उप विजेता भएका थिए ।  प्रथम हुनेलाई ट्रफी मडेल, प्रमाण पत्र र ५० हजार तथा उप विजेतालाई ट्रफी मेडल, प्रमाण पत्र र ३० हजार नगलद प्रदान गरिएको थियो ।

टपरी गास्ने प्रतियोगितामा प्रथम जनजागरण आमा समुह, दृतिय गाउ वेसी महिला आय आर्जन समुह  हुनु भएको थियो । रस्साकस्सीमा  गाउ वेसी महिला आय आर्जन समुह प्रथम तथा जन जागरण आमा समूह द्धितिय भयो । ठेलो प्रतियोगितामा रविन्द्र खड्का प्रथम हुनु भएको छ । विद्यालय स्तरीय लोक गित प्रतियोगितामा भैण्डाडा आधारभूत विद्यालय प्रथम भएको थियो । कृषि मेला प्रदशनीमा कृषि कहरुलाई सम्मान गर्ने कार्यक्रम थियो ।

सिगाना गाविस सचिव लक्ष्मण पौडेलले यो कार्यक्रमलाई आगामी दिनमा समग्र सिगानाको कृषि क्षेत्रको  प्रचार प्रसारमा हुने बताएका      छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!