हुवासमा नेपाल राष्ट्रिय उद्योग व्यपार पैँयू इलाका समिति गठन

Posted on: 04 Jan, 2017

पर्वत । जिल्लाको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकमा ११ सदस्यीय  नेपाल राष्ट्रिय उधोग ब्यपार संगठन पर्वतको पैँयूं ईलाका समिती गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा सिता बस्याल, सचिवमा देवबहादुर विक, कोषाध्यक्षामा तेजबहादुर विक रहेका छन् । नेपाल राष्ट्रिय उधोग ब्यपार संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्यमी, व्यापार व्यवसायीको हकहितका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रहेको भन्दै यसमा सवैलाई आवद्ध हुन आग्रह गरे । उनले जिल्लाको दक्षिण क्षेत्रमा रहेका उद्योग व्यवसाहिको हक र अधिकारको लागि कसैले पनि चासो नदिएको भन्दै अब नेपाल राष्ट्रिय व्यापार संगठमार्फत संगाठनिक भएर अधिकार खोज्नुपर्ने बताए ।

मर्दिखोला बजार ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जिल्लाको दोस्रो व्यापारी क्षेत्र भएर पनि दुर्गमका रुपमा रहनु परेको र कसैले उद्योगीको  आवाज नसुनेको बताए । उनले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले उद्योगी व्यसायीलाई सांगठनिक बनाएर अधिकारको लागि एकजुट बनाएको भन्दै खुसि व्यक्त गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन पर्वतका अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य काशिनाथ काफ्ले, ओ पी शेन लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन सचिव खड्ग प्रसाद खनालले गरेका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!