प्युठानमा खोटो विक्रीबाट लाखौं आम्दानी

Posted on: 07 Nov, 2017

सागर रिजाल/कात्तिक २१, प्युठान । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहले सल्लाको खोटो विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

सामुदायिक वन उपभोक्ता समुहले खोटो कम्पनीहरुसँग सम्झौता गरि खोटो विक्री गर्दै आएका छन् ।

गत आर्थिक वर्षमा १० लाख २५ हजार १ सय ६६ केजी खोटो विक्री भएको जिल्ला वन कार्यालय प्यूठानले जनाएको छ । उक्त खोटो विक्रीबाट उपभोक्ता समुहले ९५ लाख ९४ हजार ५ सय १० रुपैयाँ आम्दानी गरेको कार्यालयका रेन्जर हरि पौडेलले बताउनुभयो ।

जिल्लामा ५ वटा खोटो कम्पनीले खोटो संकलनको काम गर्दै आएका छन् । खनाल, गणपति, माउण्ट, दिपमाला र बुढाथोकी रोजिन एण्ड टर्पेनटाइन उद्योग प्रालिले खोटो संकलन गर्दै आएका छन् । 

उपभोक्ता सँग कम्पनीले सम्झौता गरेपछि प्रारम्भिक वातावरण परिक्षण गरेर संकलनको अनुमति दिने गरिएको पौडेलले बताउनुभयो ।

जिल्लाका १ सय १३ सामुदायिक वनले खोटो विक्री गर्दै आएका छन् । प्यूठानमा २०६० सालदेखि खोटो संकलन तथा विक्रीको काम हुँदै आएको कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!