साउन ५, काठमाडौं । गत आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी सेयर कारोबार गरि भिजन सेक्युरिटी (३४ नम्बर) पहिलो बनेको छ ।
सेयर ब्रोक्ररले नेप्सेमा बुझाएको विवरण अनुसार ३४ नम्बर भिजन सेक्युरिटीले ५ अर्ब ९५ करोड रुपैयाँको खरिद तथा ६ अर्ब ६६ करोड रुपैयाँको बिक्री गर्दै कुल १२ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । भिजनले ४ करोड २९ करोड रुपैयाँ कमिसनबाट आम्दानी गरेको छ ।
दोस्रोमा परेको अनलाइन सेक्युरिटीले १२ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । ४९ नम्बरको अनलाइन सेक्युरिटीले ६ अर्ब १९ करोडको खरिद तथा ५ अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा कम सेयर कारोबार गर्नेमा अरुण सेक्युरिटी देखिएको छ जसले ८० करोड रुपैयाँको सेयर कारोबार गरेको छ ।
गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको सेयर खरिद र १ खर्ब २० अर्ब ९ करोड रुपैयाँको सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!