१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिधाकुरा डटकमविरुद्ध अर्को अवहेलना मुद्दा दर्ता

२३ बैशाख २०८१, आईतवार ०७:५४

बैशाख २३,  काठमाडौं | अदालतको अवहेलना गरेको आरोपमा सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग राखी  सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेश गर्नुअघि नै आफूले निवेदन दिएको तर बिहीबार मात्रै दर्ता भएको जानकारी पाएको अधिवक्ता भट्टराईले बताए ।

उपरजिस्ट्रार घिमिरेले पेश गरेको प्रतिवेदनको आधारमा सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई स्टिङ अपरेशनको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित छलफल भएको भनी लेखेको समाचार हटाउन आदेश दिएको थियो । साथै त्यस विषयमा पुन: समाचार नलेख्न पनि आदेश दिएको थियो ।

यो मुद्दामा आइतबार पनस आरोपितहरुको बयान भइरहेको छ । बयान भएपछि कानुन व्यवसायीहरुको बहस शुरु हुनेछ ।

अधिवक्ता भट्टराईले पेश गरेको अदालतको अवहेलना निवेदनमा भने आइतबार न्यायाधीशहरु कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासमा  प्रारम्भिक सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह