मंसिर २५, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक जयनेपाल थापालाई पक्राउ गरेको छ | आयोगको टोलीले निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरेको हो |
प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनी सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै घुस लिँदालिँदै पक्राउ परेका हुन् | थापा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत् थिए |
उनलाई सागको सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटाइएको थियो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!