पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

Posted on: 17 Dec, 2021

पुस २, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ। भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ।

भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो। निगमले भोलि शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो।

भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउदै मूल्य घटाएको थिएँन। आजको अर्थबाट |

यस बिषयमा तपाइको प्रतिक्रिया...!