बैशाख २९, धरान। धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरि रहेका  छन् । उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आइरहेका छन्  ।
विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, धरान। धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरि रहेका  छन् । उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आइरहेका छन्  ।
विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष

२९ बैशाख २०८१, शनिबार ०९:१३

बैशाख २९, धरान। धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरि रहेका  छन् । उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आइरहेका छन्  ।
विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेकोबताए । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ । उनले विगत छ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन् । अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । 
रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्मालेबताए । रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गर्नभएको विश्वकर्माले बताए । 
माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको  भनाइ छ । “गत चैत २७ गतेदेखि लागेको महाकुम्भ मेलाले राम्रो व्यापार भएर निकै फाइदा भयो”, विश्वकर्माले भने , “कुम्भमेलामा विदेशी पर्यटक धेरै आए, उनिहरुले धेरैजसो रुद्राक्षको झोला खरिद गरे ।” एउटा झोला एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको बताउँदै उनले दैनिकरुपमा झोला मात्र तीनदेखि पाँच वटासम्म बिक्री हुने गरेको जानकारी दिए । कुम्भमेलाको एक महिनाको अवधिमा सोचेभन्दा बढी व्यापार भएकोउनको भनाइ छ ।
“रुद्राक्ष विशेष गरी हरियो केशरलामा-लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेष गरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु”, विश्वकर्माले भने , “सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।” धार्मिकरुपमा महादेवको प्रिय वस्तुका रुपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा (दाना) भनेर चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट