घट्यो सुनको मूल्य : तोलाको कति पुग्यो ?

Posted on: 21 Dec, 2021

पुस ६, काठमाडौँ | नेपाली बजारमा मगंलबारस सुनको मूल्यमा गिरावट आएको छ। छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतिलोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। भने चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार हुने महासंघको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!