नेप्से परिसूचक ४९ अंकले बढ्यो

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंककाे बिन्दुमा पुगेको छ ।

बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको शेयर कारोबार भएको छ । यस अघि आइतबार र सोमबार लगातार ७ अर्ब भन्दा माथिको शेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा बढी शेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी पहिलो नम्बरमा देखिएको छ । माउन्टेन इनर्जीको शेयर मूल्य मंगलबार ४३ रुपैयाँले घटेर १ हजार १ सय ७७ अंकमा झरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!