आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

Posted on: 15 Mar, 2022

चैत १, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै घटेको छ । 

आज प्रतितोला १८ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मुल्य १ लाख ५ सय रुपैयाँ कायम भएको हो । सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छ यसैगरी चाँदीको मुल्य नि आज घटेको छ । मंगलबार १३ सय ८० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!