नेपाली रुपैयाँ झनै कमजोर, यस्तो आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 03 Jul, 2022

असार १९, काठमाडौं | नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि डलरको तुलनामा नेपाली मुद्रा झनै कमजोर बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२६ दशमलब १८ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।  एक अमेरिकी डलरको विनिमय दर १२६ दशमलब ७८ पैसा (खरिद दर) तोकेको छ । 

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलब १८ पैसा र विक्री दर १२६ दशमलब ७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा  र विक्री दर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलब ७६ पैसा र विक्री दर ८६ दशमलब १७ पैसा रहेको छ ।

जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । विक्री दर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा  विक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ । 

कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । विक्री दर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र विक्री दर ३३ दशमलब ७९ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!