प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Posted on: 11 Jul, 2022

असार २७, काठमाडौं | प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!