सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

Posted on: 29 Jul, 2022

साउन १३, काठमाडौं | सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र  १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । 

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!