आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!