मट्टितेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आयो !

Posted on: 02 Jan, 2023

पुस १८, काठमाडौँ | इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइतबार प्राप्त मूल्य सूचीबमोजिम पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा दुई रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा चार रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य भने केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

निगमले बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । 

अहिले आयल निगमलाई हाल खाना पकाउने ग्यासमा तीन सय ५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ । ग्यासमा मात्रै १५ दिनमा रु ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित रु ९९ करोड बराबर नाफा हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!