१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

१९ बैशाख २०८१, बुधबार १२:३४

वैशाख १९, काठमाडौँ । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।

झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् ।

अदालतले क्रिप्टोकरेन्सी एक्सचेन्जमा ४.३२ बिलियन डलर जरिवाना पनि लगाएको छ। जबकि, झाओले ५० मिलियन डलर जरीवानाका साथै युएस कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनलाई ५० मिलियन डलर तिरिसकेका छन् ।


विनान्सलाई अपराधीहरूलाई फाइदा हुने ‘वाइल्ड वेस्ट’ मोडल अपनाएको आरोप लागेको थियो । यस मोडल मार्फत हमास, अल-कायदा र इस्लामिक स्टेट लगायतका ठूला आतंकवादी संगठनहरूको एक लाख संदिग्ध लेनदेन रिपोर्ट गरिएका थिए ।

झाओको एक्सचेन्जले बाल यौन दुर्व्यवहार सामग्रीको व्यापारलाई समर्थन गरेको आरोप लगाइएको छ ।

झाओले अदालतमा भनेका थिए- 'मलाई माफ गर्नुहोस्, म विश्वास गर्छु कि जिम्मेवारी लिने पहिलो चरण गल्तीहरू पूर्ण रूपमा पहिचान गर्नु हो । यहाँ म एन्टि मनी लान्ड्रिङ ऐन लागू गर्न असफल भएँ, त्यो गल्तीको गम्भिरता महसुस गरेको छु ।'

झाओ क्रिप्टो बजारमा CZ को रूपमा चिनिन्छन् । झाओ जेल जाने अमेरिका र सम्भवतः संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्गका अनुसार झाओको कुल सम्पत्ति करिब ४३ अर्ब डलर रहेको छ ।

गत वर्ष नोभेम्बरमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई ४.३ अर्ब डलर जरिवाना लगाएका थिए । त्यसपछि झाओले आफ्नै कम्पनीबाट राजीनामा दिनुपरेको थियो । साथै आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापकीय पदमा बस्न प्रतिबन्ध लगाइएको छ ।

बिनान्स २०१७ मा सुरु भएको थियो । बिनान्ससँग यसको इकोसिस्टममा धेरै क्रिप्टो एक्सचेन्जहरू छन् जुन यसले अधिग्रहण र निर्माण गरेको छ । यस बाहेक, यसको आफ्नै क्रिप्टोकरेन्सी, धेरै क्रिप्टो वालेटहरू र नयाँ क्रिप्टोकरन्सीहरू सुरू गर्न लन्चप्याड पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह