नेपाली क्रिकेट टिमका खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडीलाई सम्मान र हौसला स्वरुप नगद प्रदान गर्न लागिएको बताए ।

२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेको नेपालले आजको फाइनल म्याचमा युएआइसँग भिडदैछ । यो खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!