७ टिप्स : कहिलैपनि ग्यास सिलिन्डरलाई यस्तो पोजिशनमा नराख्नुहोस्

Posted on: 28 Jan, 2018

सास | ग्यास सिलिन्डरको प्रयोग गर्दा सुरुको प्रयोगमा सलाई कोरेर ग्यास लिग भए/नभएको चेक गर्नुपर्छ, त्यसपछी बर्नर नब अन गर्नुपर्छ । खाना बनाउने समयमा सकेसम्म कटन कपडाहरुको प्रयोग गर्नुहोस् । सिन्थेटिक मटेरियल जस्तो सिल्क, शिफन जस्ता कपडा लगाएर खाना पकाउने काम नगर्नुहोस ।

यदी तपाइँलाई ग्यासको गन्ध आईरहेको जस्तो लागेमा आफ्नो कोठाको बिद्धुतिय स्विचहरु अपरेट नगर्नुहोस, आगो लाग्न सक्छ । यस्तो अवस्थामा बिजुलीको मुख्य स्विच बन्द गर्नुहोस् । 

यस सम्बन्धि जानकारी थप पढ्नुहोस् 

१. ग्यासको उपकरण किन्दा सस्तो भन्दा पनि बलियो र ब्रान्डेड मात्र खरिद गर्नुहोस् । 

२. रेग्युलेटर किन्दा बलियो र टिकाउयुक्त किन्नुहोस् साथै पाइप किन्दा सेफ्टी ट्युब पनि किन्नुहोस् । 

३. सिलिन्डर लिँदा कम्पनीको सेफ्टी क्याप भए/नभएको चेक गरेर मात्र लिनुहोस् । 

४. यदी तपाइँलाई ग्यास मर्मतको त्यति आइडिया छैन भने आफैले मर्मत नगर्नुनै राम्रो हुन्छ । 

५. ग्यासको काम सकिएपछी वा खाना पकाईसकेपछी ग्यासको नव बन्द गर्ने बानीको बिकास गर्नुहोस् । 

६. सिलिन्डरलाई खुला स्थानमा ठाडो अवस्थामै राख्नुहोस् । कोठामा गुम्सिएको अवस्थामा ग्यास नराख्नुहोस् । सुताएर ग्यास राख्नुहुँदैन पड्किने सम्भावना रहन्छ । 

७. ग्यास स्टोभ संधै सिलिन्डरभन्दा माथिको लेवलमा राख्नुहोस् । सिलिन्डरलाई तापको दोश्रो स्रोतबाट बचाउनुहोस् । केरोसिन कहिलेपनि सिलिन्डरसँगै नराख्नुहोस् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!