यस्तो ठाउँ जहाँ युवती लिएर जाने गल्ती नगर्नुस्

Posted on: 28 Jun, 2018

एजेन्सी:- हरेक ठाउँमा आ-आफनै नियम हुन्छन् | र नियम अनुसार चल्नु मानिसको कर्तब्य हुन्छ | 

कतिपय नियमहरु यस्ता हुन्छन कि जुन सुन्दा पनि अचम्म लाग्ने गर्छ | हामी पनि तपाईलाई अचम्म पार्ने प्रसंग जोड्न गइरहेका छौ, जापानको एक यस्तो टापू छ जहाँ महिलालाई जाने अनुमति छैन । यस टापूमा युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको छ । 

जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारणले केबल पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् । 

जो मानिस यस टापूमा जान्छन् उनीहरुलाई उक्त स्थानबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन । उनीहरुलाई उक्त टापूबाट घास समेत ल्याउने अनुमति छैन । 

यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्दै छ । 

टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिने गरिएको छ । 

ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो । 

प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ । 

उक्त टापूमा पुग्ने पुरुषले पहिला नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । र, टापूको यात्रा गरेको कसैलाई पनि भन्न नहुने विश्वास लिने गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!