नेकपा (एकीकृत समाजवादी) : बैतडीका सबै पालिकामा कमिटी गठन

Posted on: 05 Jan, 2022

पुस २१, बैतडी । नेकपा(एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १०  पालिकामा कमिटी गठन गरिएका छन् ।  नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।  

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारीदिनुभयो । यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!