Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

नेपालका सन्तोष साहलाई बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि

पुस १३, काठमाडौँ | मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन्। सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन्।

विगतका शृंखलामा अन्तिम चरणसम्म

अमेरिकामा ओमिक्रोन संक्रमण बालबालिकामा तीब्र

पुस १३, काठमाडौँ, एजेन्सी |अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेको छ। बालबालीकामा ओमिक्रोनको संक्रमण बढेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन्।

क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित ब

बालबालिकालाई दिने खोप अभियान किन स्थगित ?

पुस १३, काठमाडौँ | आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो। खोप शाखाका प्रमुख सागर

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौंको क्षति

पुस १३, काठमाडौँ | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुम

सिरहामा बिहानैदेखि निषेधाज्ञा !

पुस १३, काठमाडौँ | सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल सुरु

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)  को जारी आठौं महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ।

समूह दुई र तीनमा पार्टीका सल्लाहकार रहेका छन् । यी समूहलाई छलफलका लागि प्रज्ञा

‘खासखुस’ मा हुन्छ खास कुरा

पुस १३, काठमाडौँ | महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

पुस १३, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनम

सांसदहरूको माग: भिजिट भिसामा कडाइ गरौँ

पुस १२, काठमाडौँ | आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भिजिट भिसाको कडाईको सम्बन्धमा सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । 

सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले विदेशमा दुःख पाउनु प

मलेसिया, कतार, साउदी, युएई सहित छ देशमा एसएसपी दर्जाको ‘प्रहरी सहचारी’ राख्न प्रस्ताव

पुस १२, काठमाडौँ | प्रहरी प्रधान कार्यालयले बिभिन्न ६ मुलुकमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जाको प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ । 

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस सम्बन्धमा जानकारी गराउदै २०७८ असोजमा गृह मन्त्रालयलाई त्यसतर्फ आवश्यक पहल

काठमाडौंबाट युट्युबर पक्राउ

पुस १२, काठमाडौँ | युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एकजना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौंको अनामनगर बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–१ पाखापानी घर भएका ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ परेका हुन् ।

साथीभाइ अनलाइन टिभी नामक युट्युब च्या

बहराइनमा एक नेपाली पक्राउ

पुस १२, काठमाडौँ | पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २