विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

Posted on: 17 Jan, 2023

माघ ३, चितवन | उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको  निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा  ध्यान दिन आग्रह गर्नुभयो । 

चितवनमा  निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री  श्रेष्ठले  सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

उहाँले  यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो  मापदण्ड पालना गरी गुणस्तरसहित  सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । चितवन देशकै केन्द्र भागमा पर्ने  भएकाले  यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि  बढाउन उहाँले निर्देशन दिनुभयो । उहाँले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले  तीव्र बनाइने बताउनुभयो ।

उपप्रधमन्त्री  श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको  निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!