चितवनमा घर बनेपछि प्रचण्डले भने– अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताए । 


घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको बताए ।

शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताएका हुन् ।

‘म ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु, बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डले भने, ‘तपाईहरुको सुखदुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनले यस क्षेत्रमा हाल नारायणी पृुल, तटबन्ध र राप्ती नदीमा तटबन्ध जस्ता विकास आयोजना सञ्चालन भइरहेको र आगामी दिनमा अझै ठूला आयोजना आउने विश्वास व्यक्त गरे ।

‘मेरो सपना छ, खर्बौंका योजना आउन्’ उनले भने, ‘मैले क्रान्ति र शान्तिमा विताएको जीवन अब विकास र समृद्धिमा लगाउन चाहन्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!