चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

Posted on: 17 Feb, 2024

फागुन ५, चितवन | चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई  शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पु¥याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!