चितवनमा सवारी दुर्घटना हुँदा एक पुरुषकाे मृत्यु

Posted on: 09 Mar, 2024

फागुन २६, वीरगंज | चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले ना.१७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महताेकाे मृत्यु भएकाे हाे।

वीरगन्ज-३ छपकैयाका स्थानीबासी महताे भरतपुरकाे प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए।उनले घर बनाउने मिस्रीकाे काम गर्ने गर्थे।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!