भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फाले

Posted on: 18 Jul, 2024

साउन ३, काठमाडौँ । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ ।

भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!