इनारमा पसेर सफा गर्ने क्रममा अक्सिजन नपुग्दा २ जना मजदुरको मृत्यू

Posted on: 19 Jun, 2022

असार ५, चितवन | माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ । 

शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् । 

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!