Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: संखुवासभा

सङ्खुवासभामा बाढीले बगाएर एकको मृत्यु

साउन १, सङ्खुवासभा | सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्

सङ्खुवासभाको मकालुमा ५० घर पहिराको उच्च जोखिममा

असार २९, सङ्खुवासभा | सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । 

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो । 

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली चल्यो

असार १६, काठमाडौँ | संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१

एकजना सचिबले ५ वटा वडामा काम गर्छन, कर्मचारी नै छैनन्

 असार १२, सङ्खुवासभा | सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । 

गाउँपालिकाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । 

भौगोलिक विकटता भए

सभाखोलामा पौडी खेल्ने एक बेपत्ता

जेठ ३२, संखुवासभा | सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।

साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर

करेन्ट लागेर एक जनाको मृत्यु

जेठ १४ खाँदबारी । सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन

अरुण तेस्रो जलविद्युत् गृहमा अज्ञात समूहद्वारा बम विस्फोट

माघ २५, खाँदबारी | संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । 

बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी द

ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

माघ २५, सङ्खुवासभा | भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । 

काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच व

गिट्टी बालुवा अभावले सङ्खुवासभाका १४ वटा पुल निर्माण ठप्प

 माघ १०, सङ्खुवासभा | सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् । 

सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभय

संखुवासभाको चित्लाङ पहिरोको जोखिममा

साउन २९, संखुवासभा | चैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । 

अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमक

चैनपुर–पोखरी सडक खण्ड: सडकको दुरवस्थाले सास्ती

साउन २४, संखुवासभा (रासस) | चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । 

सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका

संखुवासभाको भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न ५ दिन पैदल

वैशाख १३ संखुवासभा | भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो ।

गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल ह