2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

अरुण तेस्रो जलविद्युत् गृहमा अज्ञात समूहद्वारा बम विस्फोट

माघ २५, खाँदबारी | संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । 

बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुग्नुभएको छ । 

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने ब्रुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताउनुभयो । घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ । 

बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत बिवरण आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई