Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गिट्टी बालुवा अभावले सङ्खुवासभाका १४ वटा पुल निर्माण ठप्प

By kit 4 मिनेट पढाइ

माघ १०, सङ्खुवासभा | सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् ।

सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लामा सञ्चालन हुँदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुवाको चरम अभाव सिर्जना भएको हो । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पाङ्मा खोला र माल्टा खोलामा निर्माणाधीन दुई वटा पक्की पुलको निर्माण कार्य केही महीनादेखि गिट्टी बालुवाको चरम अभाव भएको भन्दै काम ठप्प भएको छ ।

गिट्टी बालुवा अभावले पुल निर्धारित समयभित्र बनाउन कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताउनुभयो । निर्देशक राईले भन्नुभयो “हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ तर गिट्टीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौँ ।” रु दुई करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस्एएस् जेभीले पुल निर्माणको ठेक्का लिएका छन् । आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलरसमेत बनेको छैन । यस्तै आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नका लागि कामको शुरुआत गरिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन ।

रु दुई करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणबरुण जेभीले पाएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिट्टी अभावले पुल निर्माण प्रभावित भएको पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाको भनाइ छ । रासस