सभाखोलामा पौडी खेल्ने एक बेपत्ता

साझासवाल

<p><b>जेठ ३२, संखुवासभा | </b>सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।<br></p><p>साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताउनुभयो । राई अन्य चार साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>

Leave a Comment

Leave a Reply