2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभाको भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न ५ दिन पैदल

वैशाख १३ संखुवासभा | भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो ।

गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक कारोबारका लागि सदरमुकाम खाँदबारीमै पुग्नु पर्दा कर्मचारीले असुरक्षित महसुस गर्ने गरेको उहाँले बताउनुभयो । 

बैंक पठाइदिनु पर्यो भनेर पटकपटक माग गरेका छौँ, अध्यक्ष तेम्बाले भन्नुभयो, सुनुवाइ भएको छैन, कारोबार गर्न नजिक बैंक नभएकाले काम कारबाहीमा बाधा उत्पन्न भएको छ । नगद रकम बोक्दा असुरक्षित हुने खतरा छ, उहाँले भन्नुभयो भोटखोलाका पाँच गाउँमा सामान्य काम चलाउन पनि उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था छ । 

किमाथांकाबाट हिँडेको पाँच दिनमा मात्रै सदरमुकाम खाँदबारी आउन सकिन्छ , उहाँले भन्नुभयो, १० स्थानीय तहमध्ये खाँदबारी, पाँचखपन नगरपालिका र मकालु गाउँपालिकाबाहेक सात तहमा बैंक छैनन् । 

बैंक नहुँदा संखुवासभाका दुर्गममा रहेका गाउँपालिकाको समस्या झन विकराल देखिएको छ । 

सदरमुकामसँगै जोडिएको चिचिला गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम आउनुको विकल्प छैन । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा बैंक नजिक नभएकाले सदरमुकामसम्म आएर कारोबार गर्न सुरक्षाका साथै चुनौती पनि रहेको बताउनुहुन्छ । 

चिचिलाबाट पनि खाँदबारीसम्म आएर कारोबार गर्न तीन घण्टा लाग्छ । 

तीबाहेक सिलिचोङ, सभापोखरी गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकाबाट ससानो आर्थिक कारोबार गर्न बैंक खोज्दै सदरमुकाम र व्यापारिक केन्द्र चैनपुरसम्म आउनुपर्ने अवस्था छ । कारोबार गर्नु अघि कोष तथा लेखा नियन्त्रणबाट स्वीकृति लिन पनि सदरमुकाममै आउनुपर्ने बाध्यता रहेको गुनासो गर्दै स्थानीय पासाङनुर्बूले भन्नुभयो, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नगदै घरघरमा पुर्याउनु पर्ने भएकाले सबैभन्दा सुरक्षा चुनौती त्यसबेला व्यहोर्नु पर्ने अवस्था छ भने कर्मचारीलाई काम गर्दा सुरक्षित महसुस गराउन नसके गाउँपालिकाबाट हुने नियमित विकास कार्यमा समेत कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । 

अरुणपारिको सबैभन्दा टाढा रहेको सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकालाई आर्थिक कारोबार गर्न मुख्य चुनौती देखिएको छ, अध्यक्ष तेम्बाले भन्नुभयो, यी क्षेत्रमा नियमित यातायातको साधन चल्दैनन्, हिँडेरै जानुपर्छ, सडक खनिएका छैनन् । 

सदरमुकामबाट दुर्गम भएकाले यहाँ बैंकलाई आवश्यक पर्ने सुरक्षित र पक्की घरसमेत अभाव भएको उहाँले बताउनुभयो । सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै इन्टरनेटको सुविधा भएकाले गाउँमा बैक गइहाले पनि कारोबारमा समस्या हुने उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सबै स्थानीय तहमा बैंक पठाउने निर्णयअनुसार सबै तहमा विभिन्न बैंकलाई शाखा विस्तार गर्न सहुलियत दिएर राष्ट्र बैंकले परिपत्र गरिसकेको छ तर सञ्चार, भौगोलिक, सुरक्षालगायतका चुनौती रहेको दाबी गर्दै अझैसम्म ती बैंकले गाउँ तहमा शाखा विस्तार गरेका छैनन् । 

बैंकलाई गाउँ जान सुरक्षाको अवस्थाले कुनै समस्या हुँदैन, उहाँले भन्नुभयो, तोकिएका स्थानीय तहमा बैंक गएर सेवा दिनै पर्छ । गाउँ तहसम्म पुग्न नसकेका अधिकांश बैंकले इन्टरनेट, सुरक्षा, यातायातको पहुँच नभएको जनाएका छन् । 

राष्ट्र बैंकले ग्लोबल आइएमईलाई भोटखोला गाउँपालिका, प्राइमलाई सभापोखरी गाउँपालिका, एभरेष्टलाई सिलिचुङ गाउँपालिका, मादी नगरपालिकामा हिमालय, धर्मदेवी नगरपालिकामा एसबीआई बैंकलाई शाखा विस्तार गर्न अनुमति दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई